राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी स्मिता, जसले बनाइन् सङ्गीतमा आफ्नो छुट्टै परिचय

झन्डै सय जति गीतमा स्वर दिइसकेकी स्मिताले विभिन्न मुलुकमा आफ्नो गीत प्रस्तुत गरिसकेकी छन् । कर्मभन्दा पर केही नसोच्ने उनी कहिल्यै सम्मान पुरस्कारको पछि लागिनन् । तै पनि विभिन्न अवार्ड हात पारिरहेकी छिन् । कुशल सङ्गीतको सुरले देश विदेशका श्रोता दर्शकको मन जितिरहेकी छिन् । यसरी नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी स्मितालाई सर्वत्र ‘फलानोको नातिनीले गाएको’ भन्दै प्रचार गरिन्छ । उनको गुनासो त्यहीँ छ, जबकि अब उनको छुट्टै परिचय बनिसकेको छ ।