इलाम। समुद्री सतहबाट १५६५ मिटरको उचाईमा रहेको कन्याम, नेपालको पूर्वी क्षेत्रको प्रसिद्ध ‘हिल स्टेसन’ मध्येको एक हो।
इलाम जिल्लाको सूर्योदय नगरपालिका ६ मा रहेको यो क्षेत्र मनोरम चियाबारी भएको पर्यटकीय स्थल हो। यहाँ छुट्टी मनाउन र घुम्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ।
कन्याममा झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतका सिमावर्ती राज्यबाट समेत गर्मी छल्न र बिदा मनाउन ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन्।
मौसम सफा रहेको बेला कन्यामबाट श्रीअन्तु डाँडा, समालबुङ, पशुपतिनगर लगायत झापाका केही क्षेत्र देख्न सकिन्छ। पर्यटकलाई चियाबारी घुमाउनको लागि यहाँ घोडा लगायत ‘डर्ट कार्ट’ रहेका छन्।
यहाँ, राई लिम्बूको परम्परागत लुगा लगाएर चियाबारीमा फोटो खिच्ने प्रसस्त भेटिन्छन् । कन्याममा चियाबारीको बीचमा उभिएका सल्ला र धुपी प्रजातीको समसितोष्ण कोणधारी रुखले बगानको सुन्दरता झन बढाएका छन्।
पहिला सरकारको पुर्ण स्वामित्व भएको नेपाल चिया विकास निगम लिमिटेड अन्तरगतको यो बगान निजीकरण भएपछि त्रिबेणी ग्रुपले संचालन गर्दै आइरहेको छ।
सरकारी तथ्यांक अनुसार हाल कन्याममा चार हजार तीनसय रोपनी क्षेत्रफल जग्गामा चियाखेती गरिएको छ।
कन्यामका तस्वीरहरु :











Facebook Comment
Comment