काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीलाई विश्वास गरेको बताएका छन् ।
नेकपाको हीरक जयन्तीको अवसरमा नेकपा (एमाले) द्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
“म एमाले अध्यक्ष केपी शर्मा ओलीजीलाई विश्वास गर्न चाहन्छु, हामी विश्वास र अविश्वासको ठूलो चक्रबाट गुज्रिएका छौँ । तर, म अब विश्वास गर्न चाहन्छु । नयाँ प्रक्रियातिर अगाडि बढौँ,” प्रधानमन्त्री प्रचण्डले ओलीतिर हेर्दै भने ।
एमाले-माओवादी केन्द्र अहिले सत्ता गठबन्धनमा सँगै छन् । उनीहरू त्यही पार्टी हुन्, जो २०७४ सालमा एकतामार्फत एउटै पार्टी अर्थात् नेकपा बनेका थिए । तर, पछि सँगै रहन सकेनन् र एमाले-माओवादी केन्द्रकै रूपमा पूर्ववत् अवस्थामा फर्किए ।
तर, पुन: अहिले एमाले-माओवादी केन्द्रबीचको एकताको बहस सतहमा देखिएको छ । ठीक यसै बेला प्रचण्डले यस्तो अपिल गरेका हुन् ।
Facebook Comment
Comment