‘शोले’को रेकर्ड तोड्ने भारतको पहिलो फिल्म

नेपालभ्युज

‘शोले’को रेकर्ड तोड्ने भारतको पहिलो फिल्म

एजेन्सी । दक्षिण भारतीय अभिनेता थलापति विजयको फिल्म ‘घिल्ली’ सन् २००४ मा रिलिज भएको थियो । यसमा तृषा कृष्णनले महिला कलाकारमा मूख्य भूमिका निभाएकी थिइन् ।

२० वर्ष अघि आएको यो फिल्म भारतीय बक्स अफिसमा ब्लकबस्टर सावित भएको थियो । अघिल्लो अप्रिल महिनामा २० वर्षपछि ‘घिल्ली’ पुनः रिलिज गरिएको छ ।

कमाईको विषयमा कुरा गर्दा यो फिल्मले अमिताभ बच्चनको सुपरहिट फिल्म ‘शोले’ को रेकर्ड तोडेको थियो । पुनः रिलिज गरेपछि ‘घिल्ली’ले देशभरमा २० करोड भन्दा धेरै कमाई गरिसकेको छ ।

सन् २०१३ मा दोस्रोपटक रिलिज भएको ‘शोले’ ले पनि राम्रो कमाई गरेको थियो । त्यतिबेला ‘शोले’ले ‘घिल्ली’भन्दा कम अर्थात १३ करोड भारतीय रुपैयाँ कमाई गरेको थियो ।

‘घिल्ली’ जम्मा आठ करोडमा बनेको थियो र सन् २००४ मा यसले ५० करोड कमाई गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved