एम्बाप्पेले छोडे पीएसजी, रियल जाने सम्भावना

नेपालभ्युज

एम्बाप्पेले छोडे पीएसजी, रियल जाने सम्भावना

काठमाडौं । फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक भिडिओ जारी गर्दै २५ वर्षीय एम्बाप्पेले क्लब छोड्न लागेको बताएका हुन् ।

‘मैले सधैँ भनेको समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ ।’ उनले भने, ‘पीएसजीमा यो मेरो अन्तिम वर्ष हो । म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ।’

पीएसजी आफ्नो जीवनभर सम्झनामा रहने उनले बताए। ‘मैले यहाँ खेल्ने मौका पाएँ भनेर सबैलाई भन्नेछु । यो क्लब मेरो हृदयमा सधैँभरि रहने छ,’ एम्बाप्पेले भने ।

उनले पीएसजीका लागि आइतबार घरेलु मैदानमा टुलुजविरूद्ध अन्तिम खेल खेल्नेसमेत बताए ।

एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिड जाने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि धेरै पटक रियलले एम्बाप्पेलाई भित्र्याउन प्रयास गरेको थियो ।

उनले पीएसजीका लागि २५५ गोल गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved