यस्ता बानी अभिभावकले बच्चालाई सानोमै सिकाउनुपर्छ

नेपालभ्युज

यस्ता बानी अभिभावकले बच्चालाई सानोमै सिकाउनुपर्छ

एजेन्सी । बच्चाहरुको पहिलो शिक्षक भनेको उनीहरुको बुवाआमा यानिकी अभिभावक नै हो । जसले उनीहरुको शारीरिक तथा मानसिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । बच्चालाई केही सामान्य लाग्ने खालका कुराहरु हुन्छन्, जो बुवाआमाले सानैछँदा सिकाउन जरुरी हुन्छ । हामी त्यस्तै केही जरुरी कुराहरु जो बच्चालाई सानैमा सिकाउनु अत्यावश्यक हुन्छ ती कुराहरुका बारेमा बताउनेछौं ।

  • बच्चालाई अरुको कुरा ध्यानपूर्वक सुन्न सिकाउनुहोस् । बीचमै बोल्ने वा ध्यान नदिने बानी छुटाउनुहोस् किनकी ऊ ठूलो भएर एउटा राम्रो सुन्ने र बोल्ने व्यक्ति बनोस् । साथमा अरुको कुरा तथा विचारप्रति उसको मनमा सम्मानको भावना आओस् ।
  •  बच्चालाई अरुसँग कुरा गर्दा वा अरुको बारेमा कुरा गर्दा सम्मानपूर्वक बोल्न सिकाउनुहोस् । कसैसँग बोल्दा वा व्यवहार गर्दा सम्मानजनक भाषाको प्रयोग गर्न सिकाउनुहोस् । आफ्नो कुरालाई पनि सही शब्दहरुको प्रयोग गरेर भन्न सिकाउनुहोस् ।
  •  धेरै बच्चाहरुको बानी हुन्छ कि उनीहरु खेल्ने क्रममा आफ्नो पालोलाई लिएर झगडा गर्ने गर्छन् । यस्तोमा आफ्नो बच्चालाई सबैले पालैपालो गर्नुपर्छ र अरुलाई पनि स्थान दिनुपर्छ भनेर सिकाउनुहोस् ।
  •  बच्चालाई शेयर गर्न सिकाउनुहोस् । उनीहरुलाई भौतिक चीजहरु सँगै आफ्नो समय, उपस्थिति पनि एकअर्कासँग साझा गर्न सिकाउनुहोस् ।
  •  बच्चालाई शुरुदेखि नै आफ्नो जिम्मेवारीको महसुस गराउनका लागि उनीहरुलाई सरसफाई गर्ने बानी बसाल्नुहोस् । खाएपछि टेबल सफा गर्ने, आफ्ना खेलौना तथा कापीकिताब लगायत सामान प्रयोगपछि सही स्थानमा राख्ने आदि काम तपाईं सिकाउन सक्नुहुन्छ ।
  •  बच्चालाई शुरुदेखि नै नसोधिकन अरुको सामानहरु नचलाउन भन्नुहोस् । अरुको कोठामा जानुअघि पनि सोधेर मात्र प्रवेश गर्नुपर्छ भनेर सिकाउनुहोस् ।
  •  बच्चालाई सफा रहन सिकाउनुहोस् । शारीरिक रुपले मात्र नभएर मानसिक रुपले पनि सफा हुन सिकाउनुपर्छ । हात धुँदा, खोक्दा, हाछ्युँ गरेपछि रुमालको प्रयोग गर्ने र आफ्नो वरिपरि सरसफाई राख्न सिकाउनुहोस् ।
  •  बच्चालाई अरुप्रति सहयोगको भाव देखाउन सिकाउनुहोस् । यसले बच्चाले ठूलो भएपछि पनि दुःखीहरुको सहयोग गर्नेछ र राम्रो मानिस बन्नेछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved