मदन भण्डारी – जीवराज आश्रितको ३१ औँ स्मृति दिवस विविध कार्यक्रम गरि मनाइँदै

नेपालभ्युज

मदन भण्डारी – जीवराज आश्रितको ३१ औँ स्मृति दिवस विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज जेठ ३ गते अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । मदन र जीवराजको सम्झनामा आज नेकपा एमालेलगायत दलले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

मदन र जीवराजलाई आदर्श नेता मान्ने एमाले लगायतले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

मदन पत्नी विद्या भण्डारी दुई पटकसम्म राष्ट्रपति भइसकेकी छन् भने उनका समकालीन नेताले धेरै पटक सत्ताको बागडोर सम्हालिसकेका छन् । दुर्घटनाको ३१ वर्ष बितिसक्दा पनि रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सार्वजनिक हुन नसक्दा जनतामा विभिन्न आशंका विद्यमान छन् ।

दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि घटना थप रहस्मय बनेको छ । स्पष्ट वक्ता र कुशल संगठकका कारण चर्चित बनेका नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए ।

स्मृति दिवसमा बुटवलमा राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले मदन भण्डारीको ३१ औँ स्मृति दिवसको अवसरमा ५ वटा विधामा दौड प्रतियोगिता गर्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved