आजको संसद बैठक सहजरुपमा चल्ने अपेक्षा

यस्ता छन् सम्भावित कार्यसूची

नेपालभ्युज

आजको संसद बैठक सहजरुपमा चल्ने अपेक्षा

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । राष्ट्रियसभाको बैठक भने दिउँसो सवा १ बजे बोलाइएको छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा छ ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको छ । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेसँगै संसद बैठक आज सहजरुपले चल्ने अपेक्षा गरिएको छ ।

समितिको क्षेत्राधिकारको मस्यौदा तयार पार्न कानुनमन्त्री पदम गिरीको संयोकत्वमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन गर्ने दलहरुबीच सहमति भएको छ ।

सम्भावित कार्यसूची यस्ता छन् –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved