सीके राउत भन्छन्- संसद्‌मा बोल्न निषेध गर्न मिल्दैन

नेपालभ्युज

सीके राउत भन्छन्- संसद्‌मा बोल्न निषेध गर्न मिल्दैन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले संसद्‌मा बोल्न निषेध गर्न नमिल्ने बताएका छन् ।

आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन् । “बोल्नु नै निषेध गर्न पाइँदैन । बोल्न दिनुपर्ने हो,” उनले भने ।

अगाडि उनले भने, “दोष होला/नहोला छुट्टै कुरा हो । तर, बोल्न निषेध कसैले पनि गर्नुहुँदैन ।  छानबिन त अरू जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टार्गेट गर्नुहुँदैन ।”

अहिले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसद्‌‌मा बोल्न दिएको छैन । गृहमन्त्री लामिछानेले संसद्‌‌मा आफूमाथि लागेको आरोपमा जवाफ दिने भन्दै बोल्न समय माग गरेपनि कांग्रेसले दिएको छैन ।

यसतर्फ इङ्गित गर्दै राउतले यस्तो अभिव्यक्ति दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved