सभामुखलाई धनराजको पत्र : मेरो मानमर्दन भयो, गृहमन्त्रीलाई कारबाही गरियोस्

नेपालभ्युज

सभामुखलाई धनराजको पत्र : मेरो मानमर्दन भयो, गृहमन्त्रीलाई कारबाही गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही मुद्दामा कारबाही गर्न माग गरेका छन् ।

सोमबार सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै गुरूङले लामिछानेमाथि अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका हुन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले तथ्यहिन, आधारहिन कुरा गरी आफूमाथी मानमर्दन गर्न खोजेको गुरूङको भनाइ छ ।

रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको गुरूङले बताए ।

‘…हुँदै नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथी धावा बोलेको, अदालतको निर्णयको वर्खिलाप गरि अदालतको समेत अवहेलना गरेको, अदालतवाट सफाई पाईसकेका रातो कुटनितिक पासपोर्टको विषयलाई तोडमोड गरि प्रस्तुत गरि आम नागरिक विच भ्रम श्रृजना गर्न खोजेको, आफुलाई अदालत भन्दा माथी राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु ।’ गुरूङले भने ।

उनले प्रतिनिधि सभा नियमावलीको नियम २१९ अनुसार गृहमन्त्रीमाथि कारबाही गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved