हैदरावादलाई हराउँदै कोलकाता आइपीएलको फाईनलमा

नेपालभ्युज

हैदरावादलाई हराउँदै कोलकाता आइपीएलको फाईनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको फाईनलमा प्रवेश गरेको छ ।

क्वालिफायरमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि भिडन्त पक्का गरेको हो ।

१६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाएर पार गर्यो । कोलकाताको जितमा श्रेयर ऐयर र वैंकटेश ऐयरले अर्धशतक बनाए ।

श्रेयर ५८ र वैकटेश ५१ रनमा अविजित रहे । पहिले ब्याटिङ गरेको हैदरावाद ३ बल अघि नै अलआउट भयो र १५९ रन बनायो ।

उसका लागि राहुल त्रिपाठीले ५५ रन बनाए । कोलकाताका मिचेल स्ट्रासले ३ विकेट लिए ।

हैदरावादले फाईनल प्रवेश गर्नका लागि अर्को एक मौका पाउनेछ । इलिमेनेटरमा राजस्थान रोयल्स र आरसीबीबीच बुधबार भिडन्त हुनेछ ।

यसमा हार्ने टोली बाहिरिनेछ भने जित्नेले फाईनल प्रवेशका लागि हैदरावादसंग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved