यस्तो अवस्थामा सिरानी पनि हुन्छ समस्याको कारण

नेपालभ्युज

यस्तो अवस्थामा सिरानी पनि हुन्छ समस्याको कारण

एजेन्सी । मानिसलाई आरामदायी तरिकाले सुत्न राम्रो बेडका साथै सिरानीको पनि आवश्यकता हुन्छ । कतिपय मानिस सिरानी बिना सुत्नै सक्दैनन् । सीरानीले निद्राको गुणस्तर बढाउँछ ।

सुत्नेबेला आरामदायी लाग्ने सिरानी पनि स्वास्थ्यमा पुग्ने नोक्सानीको कारण बन्न सक्छ ।

तपाईंले सुत्नेबेला अग्लो वा एकदमै तल धसिएको सिरानी राख्नुहुन्छ भने घाँटी दुख्ने समस्या हुन सक्छ । यसले तपाईंको घाँटीमा प्रर्याप्त सहायता पुग्दैन । जसले गर्दा घाँटी तथा डाढको हड्डी दुख्ने समस्या हुन्छ ।

पसिना र मुखबाट निस्कने र्‍यालको कारणले सिरानीमा फंगस अर्थात किटाणु बन्न थाल्छन् । सामान्य रुपमा यसले शरीरमा त कुनै नोक्सान पुर्‍याउँदैन तर स्वास र दम सम्बन्धी  समस्या आउन सक्छ ।

टाउकोमा भएको तेल, पसिना वा अन्य धुलो सिरानीमा टाँसिन्छ जसले गर्दा साना किटाणु बन्न थाल्छन् । यस्तोमा तपाईं सुतेपछि ति किटाणु तथा धुलोको कारणले खोकी लाग्ने समस्या हुन्छ ।

साथमा यस्तो लगातार भएमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुँदै जान्छ, जसले गर्दा तपाईं धेरै विरामी पर्न थाल्नुहुन्छ ।

जब सिरानीलाई लामो समयसम्म प्रयोग गरिन्छ, त्यसको आकार पनि परिवर्तन हुन थाल्छ । जसले गर्दा सुत्न असजिलो हुने र टाउको तथा ढाड र सम्पूर्ण शरीरमा दुखाई उत्पन्न हुन्छ । एकदमै पुरानो सिरानीमा सुतिरहँदा मुखमा डन्डीफोरको समस्या पनि आउन सक्छ ।

त्यसैले हरेक एक डेढ वर्षमा सिरानी परिवर्तन गर्नुपर्दछ । वा तपाईं त्यो फाइबर वा कपासलाई निकालेर पुनः फिटेर नयाँ सिरानी पनि बनाउन सक्नुहुन्छ । यसो गरेमा सिरानीबाट हुने विभिन्न समस्याबाट जोगिन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved