‘रेमल’ चक्रवातको सामान्य प्रभाव, कोशीसहितका केही पहाडी भेगमा वर्षा

नेपालभ्युज

‘रेमल’ चक्रवातको सामान्य प्रभाव, कोशीसहितका केही पहाडी भेगमा वर्षा

काठमाडौं । स्थानीय वायुका साथै रेमल चक्रवातका कारण अहिले काठमाडौं उपत्यकासहित अधिकांस पहाडी भेगमा छिटपुट वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र हावा हुरी सहित हल्का देखि मध्यम वर्षा हुने छ भने मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै, आज राती कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली हुनेछ भने मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै विराटनगरमा ३६ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved