कोशी सहितका पहाडी भेगमा आंशिक बदली, तराईमा बढेको गर्मीका कारण जनजीवन प्रभावित

नेपालभ्युज

कोशी सहितका पहाडी भेगमा आंशिक बदली, तराईमा बढेको गर्मीका कारण जनजीवन प्रभावित

काठमाडौं । नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ ।

जसका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ७ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
यसैबीच
अत्यधिक गर्मीका कारण मुलुकका विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालकालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालय विद्यालय बन्द हुन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved