नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाका कारण रद्द

नेपालभ्युज

नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा भारी वर्षा भएपछि नेपालको दोस्रो तथा अन्तिम अभ्यास खेल रद्द भएको हो ।

आईसीसी टी २० विश्वकप अघि नेपालको अन्तिम वार्मअप खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने तयारी थियो । तर वर्षा बाधक बनिदियो । वर्षाका कारण अमेरिकाले दुबै वार्मअप खेल खेल्न पाएन । नेपालले भने पहिलो वार्मअप खेल क्यानडासँग खेलिसकेको छ ।

विश्वकपमा सहभागी सबै टोलीलाई आईसीसीले दुई वार्मअप म्याचको व्यवस्था गरेको थियो ।

सोही अनुरुप नेपालले पहिलो वार्मअप म्याच क्यानडाविरुद्ध खेलेको थियो । सो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो ।

अमेरिकाले बंगलादेशसँग मंगलबारका लागि तय भएको पहिलो वार्मअप म्याच पनि खराब मौसमका कारण रद्द भएको थियो ।

आगामी आइतबारदेखि आईसीसी टी २० विश्वकप सुरु हुँदैछ । विश्वकपमा पहिलो खेल अमेरिका र क्यानडाबीच हुनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved