राष्ट्रपति पौडेल जेठ अन्तिममा स्विट्जरल्याण्ड जाने, उतै बाट जर्मनीको भ्रमण

नेपालभ्युज

राष्ट्रपति पौडेल जेठ अन्तिममा स्विट्जरल्याण्ड जाने, उतै बाट जर्मनीको भ्रमण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अर्को साता स्वीट्जरल्याण्ड जाने तय भएको छ ।

राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका हुन् ।

जेनेभामा आयोजना हुने ११२ औँ अधिवेशनमा नेपालका तर्फबाट सहभागी हुन राष्ट्रपति पौडेलेको भ्रमण तय भएको छ । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनीको भ्रमणलाई पनि स्वीकृत गरेको छ ।

उनी स्वीट्जरल्याण्डको कार्यक्रम सकेर त्यतैबाट जर्मनी जानेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved