सिद्धु मुसेवालाका लागि समस्या बनेका थिए सात विवाद

नेपालभ्युज

सिद्धु मुसेवालाका लागि समस्या बनेका थिए सात विवाद

एजेन्सी । भारतीय गायक तथा र्‍यापर सिद्धु मुसेवालाको दिनदहाडै गोली हानी हत्या गरिएको थियो । जो एकदमै कम उमेरमा चर्चित पञ्जाबी गायक बनेका थिए । उनको जीवनका केही कुराहरू थिए जो विवादका विषय बनेका थिए ।

सिद्धुले बन्दुक चलाउँदै गरेको भिडियो भाइरल भएको थियो । त्यसपछि उनी समस्याहरूको घेरामा परेका थिए ।

त्यस्तै, अर्को विवादमा उनका गीतमा ‘वार्निंग शट्स’ र ‘सो हाई’ को कारणले सिद्धुमाथि हिंसालाई बढावा दिएको आरोप लागेको थियो । उनको गीत ‘जट्टी जियोन मोर वरगी’ मा सिखका शहीद माई भागोका बारेमा बताइएको थियो ।

त्यस्तै, सिद्धुमाथि हिंसा, धम्की र गुटहरूका बीच दुश्मनी बढाउने आरोप समेत लगाइएको थियो । उनविरूद्ध भारतको कानुन आईपीसीका धारा ५०९, १४९ र २९४ भित्र रहेर मुद्दा दर्ता भएका थिए ।

त्यस्तै, उनले आफ्नो गीत ‘संजु’ मा आफ्नो विरूद्ध दर्ता गरिएका मुद्दाका बारेमा चर्चा गरेर प्रशासनको ध्यान तान्ने कोसिस गरेका थिए ।

साथै, उनको केही पञ्जाबी कलाकारहरूसँग पनि दुश्मनी थियो । उनको हत्या पनि एकदमै विवादमा रह्यो । सिद्धुमाथि २९ मई सन् २०२२ मा गोली हानी हत्या गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved