टी–२० विश्वकपमा वेस्ट इण्डिजको विजयी सुरुवात, नामिबिया र ओमानबीचको खेल जारी

नेपालभ्युज

टी–२० विश्वकपमा वेस्ट इण्डिजको विजयी सुरुवात, नामिबिया र ओमानबीचको खेल जारी

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) लाई ५ विकेटले हराएको छ । गएराति भएको खेलमा पिएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा ग¥यो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । पिएनजीका लागि असद भालाले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५० रन बनाए । यसअघि हिजो भएको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको थियो ।

विश्वकप अन्तर्गत आज पनि दुई वटा खेल हुदैछन् । अहिले नामिबिया र ओमानबीच खेल भइरहेको छ । ओमान टस हारेर ब्याटिङ गरिरहेको छ ।

बेलुकी सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल हुनेछ । नेपालले भोलि मङ्गलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved