नामिबियालाई ओमानको सामान्य लक्ष्य, ओमान १०९ रनमै अलआउट

नेपालभ्युज

नामिबियालाई ओमानको सामान्य लक्ष्य, ओमान १०९ रनमै अलआउट

काठमाडौं । टी–२० विश्वकपमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाएर १०९ रन मात्र बनाएको हो । ओमानका खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५, शकील अहमदले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नामिबियाका रुबिन ट्रम्पलम्यानले ४ तथा डेभिड विसले ३, जेराल्ड इरास्मसले २ र बर्नार्ड स्कोल्जले एक विकेट लिए ।

नामिबिया र ओमान दुवैले यसअघि पनि विश्वकप खेलिसकेका टोली हुन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved