सुपर ओभरमा नामिबियासँग ओमान पराजित

नेपालभ्युज

सुपर ओभरमा नामिबियासँग ओमान पराजित

काठमाडौं । टी–२० विश्वकपमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ ।

२२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो ।

डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जोडे।

यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरीमा टुंगिएको थियो ।

त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।

आज बिहान ब्रिजटाउनमा ओमानले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएपछि खेल ‘टाई’ भएको हो ।

विश्वकपमा आज बेलुका सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल हुनेछ । नेपालले भोलि मङ्गलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved