सौराहालाई हनिमुन सिटी बनाऔं : सांसद गुरुङ

नेपालभ्युज

सौराहालाई हनिमुन सिटी बनाऔं : सांसद गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरूङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरूङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् ।

उनले नवविवाहित जोडीहरू घुम्न जाने सहरको रूपमा हनिमुन सिटी बनाउनुपर्ने बताए । त्यस्तै, रारा तालमा १ हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उनको भनाइ छ ।

गुरूङले रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रूपमा विकास गर्नुपर्ने बताए । यसो गरेमा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने सांसद गुरूङको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved