नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

नेपालभ्युज

नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित
Photo Courtesy: CAN/Facebook

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्योे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बोहराले समान १ विकेट लिए ।

यसअघि अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदै अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ३५ रनाए ।

यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जोडे ।

अब नेपालले लिग चरणको दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्ने छ । नेपालले तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिकासँग र चौथो तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved