वर्षाका कारण इंग्ल्यान्ड र स्कटल्यान्ड अंक बाँड्न बाध्य

नेपालभ्युज

वर्षाका कारण इंग्ल्यान्ड र स्कटल्यान्ड अंक बाँड्न बाध्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल वर्षाका कारण नतिजाविहीन बनेको छ ।

ब्रिजटाउनमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले १० ओभरमा ९० रन बनाउदा वर्षा भएपछि खेल रोकिएको थियो ।

वर्षाका कारण रोकिएको खेल पुनः शुरू हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

दुवैले समान एक अंक पाएका छन् । समूह ‘बी’ मा रहेका स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन् । यस समूहमा इंग्ल्यान्ड र स्कटल्यान्डसँगै नामिबिया, ओमान र अस्ट्रेलिया छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved