टी–२० विश्वकपमा आज आयरल्याण्डले भारतको सामना गर्ने

नेपालभ्युज

टी–२० विश्वकपमा आज आयरल्याण्डले भारतको सामना गर्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज भारत र आयरल्यान्ड भिड्दै छन् ।

अमेरिकाको न्युयोर्कस्थित  काउन्टी इन्टरनेसनल क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार बेलुका सवा ८ बजे सुरु हुनेछ ।

सन् २००७ मा भएको पहिलो संस्करणको विश्वकप भारतले जितेको थियो ।

त्यसयता उसले उपाधि लिन सकेको छैन । आयरल्यान्ड भने युरोपियन छनोट चरण पार गर्दै विश्वकपका लागि छानिएको हो । भारत र आयरल्यान्डबीचको पछिल्ला खेलमा भारत हाबी हुदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved