सामान्य अंकले घट्यो सेयर बजार

नेपालभ्युज

सामान्य अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको चौथो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ५ दशमलव ५८ अंकले घटेर २०७९ दशमलव ७१ को विन्दुमा पुगेको छ ।

आज ३०६ कम्पनीका ४९ हजार ७ सय ३३ पटकको कारोबारमा ८० लाख ४२ हजार ७ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४ सय ९२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४१ अंकले घटेर ३७१ दशमलव ६१ को विन्दुमा पुगेको छ । १३ उपसमूहमध्ये ८ वटा घटेको छ भने एउटा स्थिर रहेको छ । त्यस्तै, चार वटा बढेको छ ।

माइक्रोफाइनान्समा आज लगानीकर्ता झुम्मिएका छन् । जुन ६० दशमलव ०७ अंकले बढेको छ भने निर्माण कम्पनीहरू २८ दशमलव ०६ अंकले बढेको छ । त्यसै गरी, बीमा कम्पनी सर्वाधिक घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved