भारतको विजयी सुरुवात, आयरल्याण्ड ८ विकेटले पराजित

नेपालभ्युज

भारतको विजयी सुरुवात, आयरल्याण्ड ८ विकेटले पराजित

काठमाडौं । आईसीसी टि–२० विश्वकपमा भारतले विजयी सुरुवात भएको छ । आफ्नो पहिलो खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो ।

यो सँगै उपाधि दाबेदार मानिएको भारतले समूह ए मा २ अंक जोडेको छ ।

गएराति न्यूयोर्कमा भएको खेलमा आयरल्याण्डले दिएको ९७ रनको झिनो लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । ऋषभ पन्तले अविजित ३६ रन जोडे ।

आयरल्याण्डका लागि मार्क एडेयर र बेन व्हाइटले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए । भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । अहिले बिहान अष्ट्रेलिया र ओमान खेल्दैछन् । पाकिस्तान र अमेरिकाको खेल भने आज राति सवा ९ बजे हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved