पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित

नेपालभ्युज

पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित

काठमाडौं । आईसीसी टी २० विश्वकपमा पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ ।

टेक्सासस्थित डलासमा भएको खेलमा पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

सन् २००९ को विश्वकप विजेताविरुद्ध सुपर ओभरमा अमेरिकाले पाँच रनको जित हासिल गरेर सनसनी मच्चाएको छ। अमेरिकाले पहिलो अन्तर्राष्ट्रिय भेटमै विश्वकप विजेतालाई हराएको हो ।

सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएर १८ रनको योगफल खडा गरेको थियो । १९ रनको लक्ष्यसहित मैदान उत्रिएको पाकिस्तानले ६ बलमा एक विकेट गुमाएर १३ रनमात्र बनाउन सक्यो ।

त्यसअघि खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।

अमेरिकाको यो लगातार दोस्रो जीत हो । उसले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित हासिल गरेको थियो । लगातार दोस्रो जितसँगै अमेरिका चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved