अस्ट्रेलियाको लगातार दोस्रो जित, इङ्ल्याण्ड ३६ रनले पराजित

नेपालभ्युज

अस्ट्रेलियाको लगातार दोस्रो जित, इङ्ल्याण्ड ३६ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियासँग इङ्ल्याण्ड पराजित भएको छ ।

समूह बी मा रहेका दुई टोलीबीच गएराती भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको दुई सय दुई रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले ४२ र फिल साल्टले ३७ रन बनाए । अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए । यस्तै जोस हेजलउड र एडम जम्पाले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर २ सय १ रन बनाएको थियो । लगातार दोस्रो खेल जितेको अस्ट्रेलिया चार अंकका साथ समूह बी को शीर्षस्थानमा छ । इंग्ल्यान्ड एक अंकका साथ चौथो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved