भारत र पाकिस्तान आज अमेरिकामा आमनेसामने हुँदै

नेपालभ्युज

भारत र पाकिस्तान आज अमेरिकामा आमनेसामने हुँदै

काठमाडौं । टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दैछन् । समुह ए अन्तर्गत भारत र पाकिस्तानबीचको खेल आज राती सवा ८ बजे हुने छ ।

न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा यी दुई प्रतिष्पर्धी आमने सामने हुन लागेका हुन् ।

यी दुई मुलुकबीचको खेललाई विश्वभर चासोका साथ हेर्ने गरिएको छ । जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जीत हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तान भने सुपरओभरमा अमेरिकासँग पराजित भएको छ । पाकिस्तान आज पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

राजनीतिक टकराव र तिक्ततापूर्ण सम्बन्धका कारण पनि दुई देश बीचको खेल चासोका साथ हेरिने गरिएको छ । विश्व क्रिकेटमा भारत–पाकिस्तानबीचको खेल सबैभन्दा तीब्र र उच्चस्तरीय प्रतिस्पर्धात्मक पनि मानिन्छ । त्यसैले पनि दुई देशबीचको खेल विश्व क्रिकेटमा सबै भन्दा प्रतिक्षित रहदै आएको हो ।

यी दुई टिम हालसम्म ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ पटक आमने–सामने भएका छन् ।

दुई देशबीचको खेलमा भारतले धेरै जीत निकालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved