विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजमा

नेपालभ्युज

विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । विश्वकपमा सहभागी हुन क्रिकेटर लामिछाने वेस्ट इन्डिज पुगिसकेका छन् ।

वेस्ट इन्डिज पुगेसँगै नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज बिहान विज्ञप्ति जारी गर्दै सन्दीपलाई टी–२० विश्वकपका लागि वेस्ट इन्डिजका खेलमा सहभागी गराउने जनाएको हो ।

लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  प्रतिश जिसीलाई रिजर्भमा राखेर सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ ।

लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको तर अमेरिकी भिसा प्राप्त नभएपछि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने  नेपालका दुई खेलमा उनको सहभागिता रहने क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वेस्ट इन्डिजको भिन्सेन्टमा नेपालले जुन १४  मा दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved