वेस्ट इण्डिज पुगेर सन्दीपले लेखे- क्यानलाई धन्यवाद, देशको सपना पूरा गर्नेछु

नेपालभ्युज

वेस्ट इण्डिज पुगेर सन्दीपले लेखे- क्यानलाई धन्यवाद, देशको सपना पूरा गर्नेछु

काठमाडौं । विश्वकप खेल्न वेस्ट इण्डिज पुगेका क्रिकेटर सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफु वेस्ट इण्डिज पुगेको जानकारी दिदै विश्वकपमा सहभागी हुन पाएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका हुन् ।

उनले फेसबुकमा, ‘नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु ।’ उनले लेखेका छन्, ‘अब सबै कुरालाई पन्छाएर, म वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’

उनले आफ्नो भिसा र क्यानका पदाधिकारीको नाम जोडेर भएका झूटा प्रचारको पछि नलाग्न पनि आग्रह गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved