पूर्वबाट मनसुन भित्रियो, बिहानैदेखि कोशीका केही क्षेत्रमा वर्षा

नेपालभ्युज

पूर्वबाट मनसुन भित्रियो, बिहानैदेखि कोशीका केही क्षेत्रमा वर्षा

काठमाडौं । अहिले देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव परेको छ । जसका कारण देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

कोशी प्रदेशबाट नेपालमा मनसुनी प्रणाली हिजोबाट प्रवेश गरेको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ताप्लेजुङ्गमा २४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved