राष्ट्रपति पौडेल आज स्विट्जरल्यान्ड जाँदै, श्रम सम्मेलनलाई सम्वोधन गर्ने

नेपालभ्युज

राष्ट्रपति पौडेल आज स्विट्जरल्यान्ड जाँदै, श्रम सम्मेलनलाई सम्वोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदैछन् ।

पौडेल साँझ ६ बजेर १० मिनेटमा त्यस तर्फ प्रस्थान गर्ने कार्यसूची छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चमा सहभागी हुन उनी स्विट्जरल्याण्ड जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले पर्सी बिहिबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन उनले स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ ।

नेपालका राष्ट्र प्रमुख र स्विस महासंघका राष्ट्रपतिबीच पहिलो पटक द्विपक्षीय भेटवार्ता हुन लागेको हो । भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ । जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा पौडेलले जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेलको भ्रमण टोलीमा धर्मपत्नी सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहने राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए ।

पौडेल असार ५ गते स्वदेश फर्किने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved