दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बंगलादेश ४ रनले पराजित

नेपालभ्युज

दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बंगलादेश ४ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हासिल गरेको छ।

सोमबार राति भएको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेट क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए ।

जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलबाट ६ अंक भएको छ । उसको सुपर एटमा पुग्ने सम्भावना बलियो भएको छ ।

दुई खेल खेलेका बंगलादेश र नेदरल्यान्ड्सको समान २ अंक छ । नेपाल र श्रीलंका अंक विहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलङ्काले २ खेल खेलेको छ । नेपालले भोलि श्रीलंकासँग खेल्दैछ ।

टी–२० विश्वकपमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । न्युयोर्कमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved