कोशीका केही स्थानमा वर्षा, मनसुन भित्रिए पनि अन्य भेगमा भने सुख्खा

नेपालभ्युज

कोशीका केही स्थानमा वर्षा, मनसुन भित्रिए पनि अन्य भेगमा भने सुख्खा
सांकेतिक तश्वीर

काठमाडौं । कोशी प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । पूर्वबाट मनसुन प्रवेश भएसँगै कोशीमा वर्षा सुरु भएको हो ।

सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ दशमलव २ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved