अष्ट्रेलियालाई झिनो लक्ष्य, नामिबिया ७२ रनमै अलआउट

नेपालभ्युज

अष्ट्रेलियालाई झिनो लक्ष्य, नामिबिया ७२ रनमै अलआउट

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नामिबियाले अष्ट्रेलियालाई ७३ रनको झिनो लक्ष्य दिएको छ । जारी खेलमा टस हारेर ब्याटिङ गरेको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रनमात्र बनाउन सक्यो ।

नामबियिाका जेराड इरामुसको ३६ रन नै सर्वाधिक बन्न पुग्यो । यस्तै ओपनर माइकल भानले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए । चार ओभर बलिङ गरेका जाम्पाले १२ रन खर्चेर ४ विकेट लिएका थिए । मार्कस स्टोनिस र जोश हाजउडले समान २–२ विकेट लिए ।

समूह बी मा रहेको अस्ट्रेलियाले लगातार दुई खेल जितेको छ भने नामिबियाले २ खेलमा एक जित र एकमा हार बेहोरेको छ ।

आजै समुह ए अन्तर्गतको अमेरिका र भारतबीच हुँदै छ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ ।

जारी विश्वकपमा अमेरिका र भारत अपराजित छन् । भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको छ । अमेरिकाले पाकिस्तान र क्यानडालाई हराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved