अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश, नामिबिया ९ विकेटले पराजित

नेपालभ्युज

अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश, नामिबिया ९ विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ । अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ ।

जितसँगै अस्ट्रेलिया नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने दोस्रो टोली पनि बनेको छ । बिहान भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई एक विकेटको क्षतिमा ५ ओभर ४ बलमै लक्ष्य पुरा गरेको हो ।

७३ रनको झिनो लक्ष्य भेट्टाउने क्रममा अष्ट्रेलियाका ट्रेभिस हेडले ३४ तथा मिचेल मार्स १८ रनमा नटआउट रहे ।  ओपनर डेभिड वार्नर २० रन बनाएर आउट भए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रनमात्र जोडेको थियो ।

नामिबियाका जेराड इरामुसको ३६ रन नै सर्वाधिक बन्यो । यस्तै ओपनर माइकल भानले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए । चार ओभर बलिङ गरेका जाम्पाले १२ रन खर्चेर ४ विकेट लिएका थिए ।

समूह बीमा रहेको अस्ट्रेलिया लगातार तीन खेल जित्दै सुपर ८ मा प्रवेश गरेको छ ।

समान तीन खेल खेलेको स्कटल्याण्डको पाँच अंक छ । नामिबियाले भने तीन खेलमा एकमा मात्र जीत हासिल गरेको छ ।

यसअघि, नेपाल र श्रीलंकाले अंक बाँडेसँगै दक्षिण अफ्रिका नवौं विश्वकपको सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बनिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved