भारत एक खेल अगावै ‘सुपर ८’ मा , अमेरिका ७ विकेटले पराजित

नेपालभ्युज

भारत एक खेल अगावै ‘सुपर ८’ मा , अमेरिका ७ विकेटले पराजित

काठमाडौं । भारतले अमेरिका लाई ७ विकेटले पराजित गरेको छ । आईसीसी टी – २० आयोजक अमेरिकालाई पराजित गर्दै भारत सुपर ८ मा प्रवेश गरेको हो । अमेरिकाको नासाउ काउन्टी क्रिकेट स्टेडियममा गएराति भएको खेलमा भारतले सानदार जित हासिल गरेको हो ।

अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८ दशमलव २ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टायो । भारतको जितमा सूर्यकुमार यादवले अर्थशतक बनाए । उनले ४९ बलमा २ छक्का र २ चौकासहित ५० रन बनाएका हुन् । यस्तै रिषभ पन्तले १८ रनको योगदान दिँदा रोहित शर्मा ३ र विराट कोहली भने शून्य रनमै आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाउँदा स्टिभन टेलरले २४ रन बनाएका थिए ।

अमेरिकाको ब्याटिङ ध्वस्त बनाउने क्रममा भारतका अर्शदीप सिंहले ४ विकेट र हार्दिक पाण्ड्याले २ विकट लिएका थिए । जितसँगै भारत एक खेलअघि नै सुपर ८ मा पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved