मुलुकभर उखरमाउलो गर्मी, काठमाडौंको तापक्रम पनि विराटनगर बराबर

नेपालभ्युज

मुलुकभर उखरमाउलो गर्मी, काठमाडौंको तापक्रम पनि विराटनगर बराबर

काठमाडौं । पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन सक्रिय हुन सक्दा मुलुकभर अचाक्ली गर्मी बढेको छ ।

मनमनसुनी प्रणाली नेपाल प्रवेश गरेको चार दिन भइसक्दा पनि पश्चिमतर्फ अगाडि बढ्न सकेको छैन ।

गत सोमबार कोशी प्रदेशमा मनसुनी प्रणाली प्रवेश गरेपनि बिहीबारसम्म पनि यो प्रणाली पश्चिम सर्न सकेको छैन ।

पश्चिमी वायुको प्रभावले मनसुनी वायुलाई दबावमा मनसुनी प्रणाली पश्चिमतर्फ सर्न नसकेको मौसमवीद विनु महर्जनले बताइन् ।

पश्चिमबाट पूर्वतर्फ हावा चलेकाले मनसुन पश्चिमतर्फ सर्न नसकेको हो । उनका अनुसार मनसुन पश्चिम तर्फ आउन अझै केही दिन लाग्नेछ । मनसुनी प्रणालीका कारण कोसी प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ ।

मनसुन सक्रिय हुन नसक्दा मुलुकभरको तापक्रम दिनहुँ बढ्दो क्रममा छ । यसअघि कहिल्यै यति गर्मी नबढेको काठमाडौंको तापक्रमसमेत विराटनगरको तापक्रम बराबर भएको छ ।

हिजो विराटनगरको अधिकतम तापक्रम ३४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो भने काठमाडौंको तापक्रम पनि ३४ दशमलव ३ डिग्रीसम्म पुगेको छ ।

दिपायल, धनगढी, विरेन्द्रनगर, नेपालगंज, घोराही, भैरहवा र जनकपुरको तापक्रम ४० डिग्रीसम्म पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved