न्यूजिल्याण्डलाई हराउँदै वेस्ट इण्डिज ‘सुपर ८’ मा प्रवेश

नेपालभ्युज

न्यूजिल्याण्डलाई हराउँदै वेस्ट इण्डिज ‘सुपर ८’ मा प्रवेश

काठमाडौं । आईसीसी टी २० विश्वकपमा वेष्टइण्डिज लगातार तेस्रो जित हासिल गर्दै सुपर ८ मा प्रवेश गरेको छ ।

समूह सी मा रहेको वेष्टइण्डिजले न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै सुपर ८ मा स्थान पक्का गरेको हो । न्युजिल्याण्डको अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

१ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ९ विकेट क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । न्युजिल्याण्ड पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved