बंगलादेशसँग नेदरल्याण्ड्स २५ रनले पराजित, श्रीलंका प्रतियोगिताबाट बाहिरियो

नेपालभ्युज

बंगलादेशसँग नेदरल्याण्ड्स २५ रनले पराजित, श्रीलंका प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा बंगलादेशले दोस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा गरेको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेशले सुपर–८ को सम्भावना बलियो बनाएको छ । बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ ।

सोही समूहमा नेपालको २ खेलमा १ अंक रहेको छ । बंगलादेशको जितपछि श्रीलंका एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ । दक्षिण अफ्रिका ३ खेलमा ६ अंकसहित सुपर ८ मा प्रवेश गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved