ओमानमाथि इङ्ल्याण्डको शानदार जित, ‘सुपर ८’ मा पुग्ने सम्भावना जिवितै

नेपालभ्युज

ओमानमाथि इङ्ल्याण्डको शानदार जित, ‘सुपर ८’ मा पुग्ने सम्भावना जिवितै

काठमाडौं । ओमानमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इङ्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ ।

शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित  गर्यो ।

४८ रनको झिनो लक्ष्य इङ्ल्याण्डले ३ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । कप्तान जोस बट्लरले नटआउट रहेर ८ बलमा २४ रन बनाए । उनले यस क्रममा ४ चौका र एक छक्का प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ गरेको ओमानले १३ दशमलव २ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनाउन सक्यो । सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

समूह सीमा इङ्ल्याण्डको यो पहिलो जित हो । जितसँगै इङ्ल्याण्ड ३ अंकसहित तेस्रो स्थानमा छ । ओमानको भने यो चौथो खेल हो । ओमान अंक बिहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved