युरो कप २०२४ आजदेखि जर्मनीमा, यस्तो छ खेल तालिका

नेपालभ्युज

युरो कप २०२४ आजदेखि जर्मनीमा, यस्तो छ खेल तालिका

काठमाडौं । युरो कप २०२४ आजदेखि जर्मनीमा सुरु हुँदै छ । उद्घाटन खेलमा आयोजक जर्मनीले आज राति स्कटल्यान्डको सामना गर्नेछ ।

विश्वकपपछिको बहुप्रतीक्षित मानिने प्रतियोगितामा युरोपका २४ टिमको सहभागिता रहने छ ।

यसपालि जर्जिया युरो कपमा नवप्रवेशी टिमका रूपमा डेब्यु गर्दैछ ।

अल्बानिया, स्लोभेनिया, सर्बिया र रोमानियाले यसपालि प्रतियोगितामा पुनरागमन गर्दा स्विडेन, रुस र वेल्स जस्ता टिम प्रतियोगिता बाहिरै रहने भएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिता जर्मनीका १० वटा रङ्गशालामा ५१ खेल खेलिने छ । २४ टिमलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा जर्मनी, स्कटल्याण्डसँगै हङगेरी र स्विटजरल्याण्ड छन्।

यस्तै समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् भने समूह ‘सी’ मा स्लोभानिया, डेनमार्क, सर्विया र इङ्ल्याण्ड छन्।

समूह ‘डी’मा नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स र समूह प्लेअफ विजेता एलाई राखिएको छ भने समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ विजेता बीलाई राखिएको छ।

समूह ‘एफ’मा टर्की, प्ले अफ विजेता सी, पोर्चुगल र चेज रिपब्लिक छन्।

प्लेअफको विजेता ‘ए’ समूहमा पोल्याण्ड, वेल्स, फिनल्याड र स्टोनिया छन् भने प्लेअफ विजेता ‘बी’ मा इजरायल, बोस्निया हर्जगोभिना र युक्रेन र आइसल्याण्ड रहेका छन्।
प्लेअफ विजेता ‘सी’मा जर्जिया, ग्रिक, काजकिस्तान र लक्जमवर्ग छन्।

युरो कप जर्मनीले तेस्रो पटक आयोजना गर्न लागेको हो । सन् २००६ मा जर्मनीले विश्वकप फुटबलको पनि आयोजना गरेको थियो ।

रुस र युक्रेनको द्वन्दका कारण यूरो कपमा यसपटक रुसको सहभागिता रहने छैन । युक्रेनले भने युरो कप खेल्दै छ ।

जर्मनीमा पछिल्लो समय नेताहरूमाथि भएका श्रृंखलाबद्ध आक्रमणका कारण युरो कपको सुरक्षा चुनौतीमाथि प्रश्नहरु उब्जिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved