भेगन डाइटले महिलालाई हुन सक्छन् यस्ता नोक्सान

नेपालभ्युज

भेगन डाइटले महिलालाई हुन सक्छन् यस्ता नोक्सान

एजेन्सी । भेगन भनेको शाकाहारी नै हो तर यसमा जनावरबाट आएको दुध तथा दुधजन्य खाद्य पदार्थको पनि सेवन गरिदैंन  ।

यस्तो खालका शाकाहारी महिलाहरुले खानपानमा धेरै नै ख्याल गर्नुपर्ने हुन्छ । गरिएन भने यसले विभिन्न समस्या ल्याउने तथा शरीरलाई नोक्सान पनि गर्न सक्छ ।

यो डाइटमा महिलाहरुले रुखविरुवासँग सम्बन्धित प्रोटिन र अन्य पोषक तत्वहरुयुक्त डाइटहरु अपनाउँछन् । यस्तोमा प्रोटिन सही मात्रामा लिने कोसिस गर्नुपर्छ ।

यस्तो शाकाहारी खानपान अपनाइरहेका बेला कतिपय अवस्थामा अत्यधिक प्रोटिनको सेवन हुँदा पनि महिलाहरुको तौल घट्नुको सट्टा बढ्न थाल्छ ।

लगातार प्रोटिनको सेवन गर्दा र क्याल्सियमको कमी हुँदा शरीरमा विमारीहरुको खतरा बढ्छ र स्वास्थ्यमा पनि नोक्सान हुने गर्छ ।

कतिपय अवस्थामा भेगन डाइटमा पोषक तत्वहरुको कमी हुने भएकाले यसलाई अपनाइरहेका महिलाहरुले पटक पटक पाचन सम्बन्धी समस्या झेलिरहेका हुन्छन् ।

भेगन डाइट अपनाउँदा शरीरमा क्याल्सियम, भिटामिन डी, बी १२ ओमेगा २ फ्याटी एसिड, आइरन र जिंक जस्ता मिनरल्स र भिटामिन्सको पनि कमी हुन सक्छ । जसले गर्दा स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ ।

भेगन डाइट अपनाउँदा शरीरमा हुने पोषक तत्वको कमीले कैयौंपटक महिलाहरुलाई थकान र कमजोरी जस्ता समस्या पनि हुन थाल्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved