कार्यकर्तालाई बाँड्न सरकारले ५५ अर्बभन्दा बढी बजेट साना आयोजनामा राख्यो : महत

नेपालभ्युज

कार्यकर्तालाई बाँड्न सरकारले ५५ अर्बभन्दा बढी बजेट साना आयोजनामा राख्यो : महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा समावेश गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले सरकारले ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा चार मन्त्रालयमा मात्रै ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राखेको बताए ।

५५ अर्बको सबै बजेट उपभोक्ताको नाममा बजेट राख्ने पार्टीका कार्यकर्ताले खर्च गर्ने उनको दाबी छ । महतले ५५ अर्ब राज्यको रकम पार्टीका कार्यकर्तामार्फत् अधिकांश रकम दुरुपयोग हुने बताए ।

सरकारले प्रतिबद्धता अनुसार ३ करोड भन्दा तलका आयोजनामा बजेट वितरण गरिएको महतले बताए । प्रधानमन्त्रीले बोल्ने मात्रै र कार्यान्वयन नगर्ने गरेको उल्लेख उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved