नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार सजाय

नेपालभ्युज

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार सजाय

तेहरान ।  इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको छ ।

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्ध वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ ।

“मोहम्मदीलाई प्रणालीविरुद्ध गलत प्रचार गरेको आरोपमा एक वर्षको कारागार सजाय दिइएको थियो”, वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा भने ।

उनले ‘यो सजाय जारी गर्नुको कारण’ मा संसदीय निर्वाचनको बहिष्कार गर्ने आह्वान, स्विडिश र नर्वेली सांसदलाई पत्र र ‘श्रीमती दिना गालिबफका बारेमा टिप्पणी’ रहेको बताए ।

अधिकार समूहहरूले पत्रकार तथा छात्रा गालिबफलाई मेट्रो स्टेसनमा अघिल्लो गिरफ्तारीका क्रममा सुरक्षा बलमाथि उनलाई हतकडी लगाएको र यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि हिरासतमा लिइएको बताएका छन् । गालिबफलाई रिहा गरिएको छ ।

इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले अप्रिल २२ मा गालिबफमाथि ‘बलात्कार नगरिएको’ र उनीमाथि ‘झुटो बयान’ दिएको आरोपमा कारबाही भइरहेको बताएको थियो ।

मोहम्मदीले यसै महिनाको सुरुआतमा तेहरानमा ट्रायल सत्रमा भाग लिन अस्वीकार गरेकी थिईन् र मार्चमा कारागारबाट अडि‌ओ सन्देश साझा गर्दै इरानमा ‘महिलाविरुद्ध पूर्णस्तरको युद्ध’ को निन्दा गरेकी थिईन् ।

हालैका महिना इरानी प्रहरीले महिलाका लागि मुलुकको इस्लामिक ड्रेस कोडको कार्यान्वयनलाई तीव्र बनाएको छ र विशेषगरी भिडिओ निगरानीको प्रयोग गरिरहेको छ ।

सन् १९७९ को इस्लामिक क्रान्ति लगत्तै अपनाइएको नियमअन्तर्गत इरानमा महिलाले सार्वजनिक स्थानमा आफ्नो कपाल ढाक्न र शालीन कपडा पहिरिन आवश्यक छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved