दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

नेपालभ्युज

दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको झापास्थित बीएण्डसी  मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।

आयोगका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो ।

१२ चैतमा सर्वोच्च अदालतले  दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो ।

आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले बीएण्डसीलाई सम्बन्धन दिनुपर्ने तर्क राखेपछि  सहमति जनाइएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved