नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा १७ जनाको आवेदन (सूचीसहित)

नेपालभ्युज

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा १७ जनाको आवेदन (सूचीसहित)

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ ।  गत जेठ २२ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि १७ जनाले दरखास्त पेस गरेका हुन् ।

दरखास्त पेश गर्नेमा राजेश जोशी, अनन्त प्रकाश मल्लिक, विमल आचार्य र संगीता पहाडी रहेका छन् । त्यस्तै, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली र लक्ष्मण रहेका छन् ।

यस्तै  ई. सुभाष साह, नगेन्द्र कुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, ई. शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्यले पनि आवेदन दिएका छन् ।

सूचनाअनुसार  उक्त पदका लागि आवेदन दिन  दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको,  मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थ शास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेकट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने  मापदण्ड तोकिएको छ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved