बुधबार यी स्थानमा हुनेछ वर्षा

नेपालभ्युज

बुधबार  यी स्थानमा हुनेछ वर्षा

काठमाडौं  । बुधबार देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति कोशी, मधेश, बागमती र गण्डकीमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान रहेको  छ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved