तपाईंहरुले दिनुभएको अटल समर्थन र प्रोत्साहनको लागि आभारी छु : सन्दीप लामिछाने

नेपालभ्युज

तपाईंहरुले दिनुभएको अटल समर्थन र प्रोत्साहनको लागि आभारी छु : सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले समर्थकहरुले आफूलाई दिएको समर्थन र प्रोत्साहनको लागि आभार व्यक्त गरेका छन् । नेपाली क्रिकेट टीमका लेग स्पिनर लामिछानेले मंगलबार सामाजिक संजालमा एक स्टाटस शेयर गर्दे आभार व्यक्त गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सबै हिजो जस्तै लाग्छ। तपाईं सबैले मलाई बाटोमा दिनुभएको अटल समर्थन र प्रोत्साहनको लागि म आभारी छु।’

उनले फ्यानहरुको हरेक आशिष एक अतिरिक्त जिम्मेवारी लाग्ने समेत बताएका छन् । ‘यो यात्रा भरि तपाईंको सहयोग ठूलो दृढता र बलको स्रोत भएको छ। म धेरै उपलब्धिहरू र आनन्दका क्षणहरू साझा गर्न तत्पर छु,’ उनले लेखेका  छन् ।

आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित रंगशालामा सोमबार बिहान भएको खेलमा दुई विकेट लिएसँगै लामिछानेले छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved